दफा २४
बचाउ तथा बाधा अड्काउ फुकाउने अधिकार :
२४.१ प्रचलित नेपाल कानुन, लालमोहर, सनद, सवाल वा अन्य लिखतहरूमा जुनसुकै कुरा लेखिए तापनि यो ऐनमा उल्लिखित विषयहरूमा यसै ऐन बमोजिम हुनेछ ।
२४.२ यो ऐन कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा सो बाधा अड्काउ फुकाउन नेपाल सरकारले आवश्यक सम्झेको आदेश जारी गर्न सक्नेछ ।